Saturday, April 10, 2010

भेडेटार बिर्साउने "ब्रिटिस मेमोरियल पार्क

पार्कको नक्सा
ब्रिटिस गोर्खा सैनिकहरुको सम्झनामा धरानबाट उत्तर दिशा तिर पर्ने विष्णु पादुका गा. वि. स. को डाडामा ब्रिटिस गोर्खा मेमोरियल पार्क निमार्ण कार्य भैरहेकोछ ।
यस पार्कमा पिकनिक स्पट, स्वीमिङ्गपुल, झरना लगायत विशेष गरेर बच्चाहरुको लागी चिल्डेन पार्क र चिडियाघर पनि बनाइदैछ । धरानको भानुचोक बाट झण्डै १० कि.मि. टाढा रहेको यस पार्कबाट धरान, इटहरी र चतराको सबै भाग हेन सकिन्छ । यस पार्कमा ब्रिटिस सरकार बाट भि. सि. पदक प्राप्त गरेका 13 जना सैनिकहरुको सम्झनामा १३ वटा हट (टहरा) पनि बनाइनेछ ।
यस पार्क सम्म आइपुग्न गाडिको लागी कच्ची बाटोको सुविधा भएता पनि हिडेर यस पार्क आउनुको मज्जा पनि बेग्लै नै हुन्छ । त्यस्तै गरेर यहाबाट उत्तर तिर पर्ने कोकाहा खोलाको द्रिश्यपान गर्नका साथै क्षण-क्षण मा परिवर्तन भैरहने मौसमले यहा आउनेहरुलाई यस पार्कले भेडेटारलाई नै बिर्साउनेछ

No comments:

Post a Comment